तपाईँ सुन्दै हुनुहुन्छः

नाराबाजीका बीच प्रतिनिधि सभा बैठक सुचारु

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा सडक पूर्वाधार र पुल निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभाको आकस्मिक समयमा अधिकांश सांसदहरुले वर्षायाम शुरु भएको र देशका विभिन्न भागमा सडक र पुल समयमा निर्माण हुन नसक्दा र भएका पुलहरू पनि जीर्ण बन्दा भइरहेको समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गर्नुभयो ।

प्रमुख सचेतक घिमिरेले सहकारी ठगीको आरोपमा पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रवि लामिछाने अझै रास्वपा पार्टी सभापति र संसदीय दलको नेता रहेको विषयमा प्रश्न उठाउनुभयो ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको पुल तत्काल बनाउन माग गर्दै निर्माणाधीन पुल भत्किँदा शनिबार मृत्यु भएका तीन जनाको परिवारलाई राहत र घाइतेको उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले पुल नहुँदा दैनिक उपभोग्य र निर्माणाधीन सामाग्रीको ढुवानी र आवागमनमा समस्या भइरहेको भन्दै यसलाई तत्काल आवागमन सुचारु हुने व्यवस्था मिलाउन सरकारसँग मागसमेत गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले इजरायल र इरानको बीच युद्ध भइरहेको अवस्थामा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि नेपाल सरकार मार्फत भइरहेको पहलबारे सदनमा जानकारी गराउन माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button