मेचीनगरको बङ्गुर फार्ममा मरेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि
झापा । झापाको मेचीनगरस्थित एक बंगु फार्ममा मरेका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएको छ ।
मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँले मेचीनगर–६, रमाइलो गाउँ स्थित बबिता बङ्गुर फार्मका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको जानकारी दिनुभयो । ती बङ्गुरहरूको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

मेचीनगर नगरपालिकाले जेठ ११ गते प्रारम्भिक नमूना सङ्कलन गरी विराटनगरस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणको रिपोर्ट शुक्रबार आएको थियो ।
फार्मका ८० वटा बङ्गुर मरेका थिए । फार्मकी सञ्चालक बविता गहतराजले गत वैशाख २७ गतेदेखि बङ्गुरहरू एकपछि अर्को गर्दै मरेको बताउनुभयो । उहाँले जेठ ११ गतेसम्ममा ८० वटा बङ्गुर मरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्