तपाईँ सुन्दै हुनुहुन्छः

छुवाछूत उन्मूलन राष्ट्रिय दिवसमा अठार जना दलित सम्मानित

तनहुँ । उन्नाइसौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा यहाँका ८० वर्षमाथिका १८ जना दलित ज्येष्ठ नागरिकलाई आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । 

‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरौँ, समतामूलक समाजको निर्माण गरौँ’ नारासहित बुधबार आँबुखैरेनीमा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला र सम्मानपत्रले उहाँहरूलाई अभिनन्दन गरिएको हो । 

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उहाँहरूलाई सम्मान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष चुमानले दलित समुदायलाई सधैँ प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम अघि बढाउँदै आएको बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकामा निर्वाचित आठ जना दलित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य गङ्गा विकको सभापतित्वमा भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button