सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८१ पारित गरेको छ ।
बैठकमा सभामुख भिम बहादुर भण्डारीले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो । त्यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले प्रदेशसभा बैठकमा स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उहाँले स्थानीय तहमा कर्मचारीको व्यवस्थापन, दक्षता अभिवृद्धि तथा सेवालाई प्रभावकारी, सुदृढ, सहज बनाउन विधेयक ल्याइएको बताउनुभयो ।
उक्त विधेयक माथिको छलफलमा प्रदेश सभा सदस्यहरु विक्रमसिंह धामी, अक्कल रावल, नरेश शाही, चक्र बहादुर मल्लले भाग लिनुभएको थियो ।
विधेयक पारित भएसँगै स्थानीय तहमा कर्मचारी पदपूर्ति लगायत कार्यका लागि बाटो खुलेको छ ।
प्रतिक्रिया राख्नुहोस्