‘संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन जरुरी छ’
भोजपुर । भोजपुरमा शनिवार आयोजित कार्यक्रमका सहभागी वक्ताहरूले संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन हुन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले नेपाली संस्कार र संस्कृति अमुल्य सम्पत्ति भएको बताउँदै सबै भाषा, धर्म र संस्कृतिको संवर्द्धन जरुरी रहेको बताउनुभयो ।
नेवा: मिसा दवु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सञ्चालित एक महिने धिमे बाजा प्रशिक्षण तथा तीन महिने बेसिक कम्प्युटर तालिम समापन कार्यक्रममा उहाँले सहभागीहरूले तालिमका क्रममा आर्जन गरेका सीपहरू व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै तालिमका प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, भेषभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको बताउनुभयो ।
बिगत देखि नै सामाजिक लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको नेवा: मिसा दवु भोजपुरका अध्यक्ष अवनी शाक्यले पुराना संस्कार, धार्मिक परम्परा र संस्कृतिको जगेर्नाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्