माओवादी केन्द्रद्वारा भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामा माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
नेकपा माओवादी केन्द्रको आज बसेको पार्टी पदाधिकारी बैठकले भिजिट भिसा भ्रष्टाचार प्रकरणका विषयमा छानबिन सुरु भइसकेको अवस्थामा गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
अध्यागमन मार्फत नेपालीहरूलाई भिजिट भिसामा बाहिर पटाउँदा भ्रष्टाचार भएको विषयमा गृहमन्त्री लेखक र गृह मन्त्रालयका कर्मचारीहरू जोडिएको भन्दै पार्टीले निष्पक्ष छानविन माग गरेको पनि प्रवक्ता सापकोटाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्