तपाईँ सुन्दै हुनुहुन्छः

मुगुका युवा अक्कलद्वारा सगरमाथाको सफल आरोहण   

मुगु । कर्णालीको गौरव र राराको पवित्र पानी बोकेर सगरमाथाको चुचुरोमा पाइला टेक्ने साहसी कार्य एक जना युवा अक्कल बोहोराले सम्पन्न गरेका छन्। 

विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को सफल आरोहण गर्दै उनले कर्णालीको माटो, रारा ताल र कर्णाली नदीको पानी र नेपाली पहिचानलाई चुचुरोमा पुर्‍याएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालका पूर्व सदस्य बोहोरा गत हप्ता सफल आरोहणपछि सकुशल आधार शिविर फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले यो अभियान केवल व्यक्तिगत सपना नभएर सम्पूर्ण देश, विशेषगरी कर्णाली क्षेत्रको आत्मबल, धैर्य र साहसको प्रतिनिधित्व भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button