मझगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे हुँदै

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रेको काम सुरु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले असारसम्म धावनमार्गको पहिलो तहको काम पूरा गर्ने लक्ष्यसहित निर्माण कम्पनीमार्फत कालोपत्रेको काम सुरु गरेको हो।
मझगाउँ विमानस्थलको हालसम्म ६१ प्रतिशत भौतिक प्रगति भएको प्राधिकरणले बताएको छ। असारसम्म ७५ प्रतिशत विमानस्थल निर्माणको काम पूरा गर्ने लक्ष्य रहेको छ। मझगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर रहेको छ। तर, हाल एक हजार तीन सय मिटरमा मात्र कालोपत्रेको काम हुँदैछ। नेपाली सेनाको मातहतमा रहेको २ सय २५ मिटर जमिन हालसम्म प्राधिकरणले पाएको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले जमिन प्राधिकरणलाई नदिएकाले एक हजार तीन सय मिटरमा मात्र कालोपत्रे थालिएको हो।
मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले दुई हप्तादेखि विमानस्थलको धावनमार्ग कालोपत्रेको काम थालेको बताउनुभयो । उहाँले सेनालाई सहमतिका लागि पत्र पठाएको बताउनुभयो । सेनाले एक÷दुई दिनमा निर्णय हुन्छ भने पनि अहिलेसम्म नआएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्