तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा चट्याङ्ग लागेर एक महिलाको मृत्यु

जुम्ला । जुम्लामा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नं ८ निवासी अन्दाजी २७ वर्षीय कल्पना सिंह शाहीको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

यार्सा गुम्बा टिप्न गएकी शाहीको बिहीबार (आज) दिउँसो ३ बजेतिर तातोपानी-८ मा पर्ने पतिउडको सुब्बाकुना पाटनमा चट्याङ्गले मृत्यु भएको तातोपानी(८ का स्थानीय तथा कालिका मावि टोप्लाका निमित्त प्रमुख प्रधानाध्यापक लोक बहादुर शाहीले बताउनुभयो । 

उहाँका अनुसार यार्सा टिप्न तीनदिन अघि मात्र पाटन गएकी शाहीको बिहीबार मृत्यु भएको हो । मृत्यु भएको खबर पाउने बित्तिकै प्रहरीलाई खबर गरेको प्रहरी टोली घटनास्थल तर्फ जाने तयारीमा रहेको छ ।

उक्त पाटनमा पुग्न गाउँबाट करिब ८र९ घण्टा लाग्छ छ। भौगोलिक रुपमा विकट भएका जान समय लाग्ने देखिएको भारी वर्षा र हावाहुरी चलेकाले  समस्या भएको जनाइएको छ । केहिदिन अघि यार्सा गुम्बा टिप्न छ जना उक्त पाटनमा गएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button