तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली क्षेत्रमा रहेका ताल जोखिममा रहेको भन्दै माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हिमाली क्षेत्रमा रहेका ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समय लिएर नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमीस्थित तिलगाउँमा  जेठ १ गते हिमताल फुटेर गाउँमा क्षति पुर्याएको  जानकारी गराउनुभयो ।

उहाँले तिलागाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लामाले ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँका १८ घर परिवार प्रभावित बनेको र उनीहरू त्रिपालमुनि बसिरहेको, सिंचाइकुलो क्षतविक्षत बनेको र १५ किलोवाट क्षमताको विद्युत् परियोजना तहसनहस भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button