विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेश
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति गरी प्रतिवेदन बुझाउन गठित उपसमितिले समिति समक्ष आज प्रतिवेदन पेश गरेको छ ।
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई उपसमितिका संयोजक छविलाल विश्वकर्माले आज प्रतिवेदन बुझाउन् भएको हो ।

उपसमितिले दफावार छलफल गरी सर्वपक्षीय सहमतिमा प्रतिवेदन पेस गरेको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
संयोजक विश्वकर्माका अनुसार विधेयकमा १३ वटा दफा थप गरिएको र ४ वटा दफा हटाइएको छ ।
विद्यालय शिक्षा विधेयकमाथि दलहरुबीच सहमति नजुटेपछि गत चैत ८ गते समितिले सहमति जुटाउन उपसमिति गठन गरेको थियो ।
समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदनमाथि समितिमा छलफल गरी पारित गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्