नेपालगञ्जमा प्रदेश सभा सदस्य कप क्रिकेट प्रतियोगिता सुरु
बाँके । नेपालगञ्जको विशाल चोक खेल मैदानमा भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा अन्तर वडा स्तरीय प्रथम प्रदेश सभा सदस्य कप क्रिकेट प्रतियोगिता सुरु भएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले भन्नुभयो, ‘खेलले शारीरिक एवम् मानसिक रुपमा स्वस्थ बनाउँछ नै, यसले आर्थिक रुपमा समेत सबल बनाउन मद्दत गर्दछ।’ उहाँले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा आर्थिक उपार्जनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो।
प्रतियोगिता प्रदेश सभा सदस्य अम्बिका काफ्लेले विनियोजन गरेको संसद् विकास कोष (क्षेत्र विकास कोष) को बजेटबाट सञ्चालन गरिएको हो।
सो अवसरमा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले खेल क्षेत्रको विकासले सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा योगदान गर्ने बताउँदै नेपालगन्जलाई क्रिकेटको उर्वर भूमि भएको उल्लेख गर्नुभयो।
१६ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया राख्नुहोस्