रारा गोल्डकप: दोस्रो सेमिफाइनलमा सलहेश र विर्तामोड भिड्दै
धनकुटा । धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।

शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा एलएक्स सिटी युथ क्लब मोरङ र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौबीच प्रतिस्पर्धा हुनेछ। धनकुटाको राजारानीमा रहेको राजारानी खेलमैदान दिउँसो ३ बजेपछि सो खेल सुरु हुनेछ। धनकुटाको डाँडा बजार फुटबल क्लबलाई पराजित गर्दै एलएक्स सिटी अन्तिम चारमा पुग्न सफल भएको हो। यस्तै बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको हो।
शनिवार हुने दोस्रो सेमिफाइनल खेलको विजेताले फाइनलमा आइतबार उपाधिका लागि विर्तामोड युनाइटेड क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ। विर्तामोड युनाइटेडले पहिलो सेमिफाइनलमा शुक्रबार गोल्डेन स्टार क्लब सुनसरीलाई ४–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।
धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो। प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ र उपविजेता लाई नगद ३ लाख रुपैयाँ हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताउनु भयो।
प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्