दाउन्नेमा सडक अवरुद्ध
नवलपरासी पश्चिम् । वर्षाका कारण सडक चिप्लो भएपछि पूर्व(पश्चिम राजमार्गअन्तर्गत पूर्वी र पश्चिम नवलपरासीको दाउन्ने खण्डमा यातायात सञ्चालन अवरुद्ध भएको छ । सडक हिलो हुँदा सवारी चिप्लिएपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो ।

चिप्लोमा सवारी उकालो उक्लन नसकेपछि अहिले पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी यादव ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार पूर्वबाट पश्चिमतर्फ उकालो भएका कारण त्यताबाट आउने सवारी ठप्प छन्। यातायात अवरुद्ध बनेपछि यात्रुहरू अलपत्र परेका छन् ।
यो सडकखण्डमा सामान्य वर्षामा पनि सडक हिलो भएर घण्टौँ यातायात अवरुद्ध हुने गरेको छ । प्रहरी प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न भने पनि ती मार्गहरूमा समेत सहज यात्रा छैन ।
प्रतिक्रिया राख्नुहोस्