तपाईँ सुन्दै हुनुहुन्छः

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान् व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैँककाे रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ । 

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान् मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।”

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गर्नुभयो । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उहाँको भनाइ थियो । 

उहाँले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराब नगरी संस्थाको दिगोपनाको कामना गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button