कर्मचारीको आन्दोलनका कारण बैतडीका स्थानीय तहको कामकाज ठप्प
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारीको सेवा सर्त तथा सुविधा सम्बन्धी ऐन स्थानीय सेवा ऐन हालसम्म जारी नगर्दा स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् ।
आन्दोलनका कारण स्थानीय तहका कर्मचारीहरूले कामकाज नगर्दा बैतडी जिल्लाका ८४ वटै वडाको कामकाज ठप्प भएको छ ।
६ वटा प्रदेशले स्थानीय सेवा ऐन तथा नियमावली बनाई लागु गरिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणका लागि प्रदेशसभामा मस्यौदा समेत पेस नगर्दा बाध्य भई कर्मचारीहरू आन्दोलनमा उत्रिनुपरेको स्थानीय सेवा कर्मचारी सङ्घर्ष समिति पाटन नगरपालिकाका संयोजक ललित कुमार पाण्डेयले बताउनुभयो ।
प्रदेश सरकारको लापरबाहीका कारण ऐन निर्माण हुन नसकेकाले स्थानीय तहका कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्ति विकासका सम्पूर्ण काम अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा आजदेखि कामकाज ठप्प भएको छ ।
प्रतिक्रिया राख्नुहोस्