वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले श्रम र रोजगारीका लागि विदेश गएका नेपालीहरूले ज्यान गुमाइरहनु परेको र समस्या समाधानका लागि परेका उजुरीहरूमा सरकारले ध्यान दिन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरूले रोजगारीको अभावमा बिदेसिएका नेपालीहरू विदेशी भूमिमा द्वन्द्वलगायतका विभिन्न घटनामा ज्यान गुमाउन परिरहेको भन्दै त्यस्ता देशमा रोजगारीका लागि पठाउने विषमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले श्रम रोजगारीका लागि विदेश जाने नेपालीहरूको अवस्था सुधार, सुरक्षा र न्यायका लगि काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै श्रम आयोग गठनको माग गर्नुभयो ।
सासदहरुले क्षेत्रीय शान्ती र स्थिरताका लागि आतङ्कवादको समाप्ति नै पहिलो आवश्यकता रहेको भन्दै आतङ्कवाद विरुद्ध कठोर नीति लिएर साथ र समर्थन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरूले पूर्वाधार निर्माणका काम समयमा सम्पन्न नहुँदा आम नागरिक दुःख खेप्नुपरिरहेको भन्दै सडक, पुललगायतका पूर्वाधार निर्माणका कामलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
गरिबी अशिक्षा र बेरोजगारी अन्त्यका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच पुर्याउनेगरी काम गर्नु पर्ने, जनताका समस्या समाधान गर्ने गरी काम गर्नुपर्ने, जनतामा आशा जगाउने गरी काम गनुपर्नेमा सांस्दहरुले जोड गराउनुभयो ।
सांसदहरुले वर्षायाम शुरु हुन लागेकाले अघिल्लो वर्ष बाढीले कटान भएका क्षेत्रमा तटबन्धको निर्माण र आगामी दिन घटना दोहोरिन नदिन तथा कालिगण्डकी करिडोर लगायतका भागमा जथाभाबी रुपमा भइरहेको बालुवा, गिट्टी निकासीको काम रोक्न सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्