तपाईँ सुन्दै हुनुहुन्छः

रारा रनिङ गोल्डकप बैशाख २९ देखि

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२ औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

रारा फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो। पुण्य मावि राजारानीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक रारा फुटबल क्लब, सलहेश फुटबल क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार क्लब सुनसरी, एलएक्स सीटी युथ क्लब मोरङ, विर्तामोड युनाइटेड क्लब झापा र डाँडाबजार फुटबल क्लब धनकुटा गरि ८ वटा टीमले सहभागिता जनाउने आयोजक पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

प्रतियोगिताको पुरस्कार राशि वृद्धि यस पटकबाट वृद्धि गरिएको छ। विजेताले ७ लाख र उपविजेताले ३ लाख हात पार्ने भएका छन्। यस्तै विधागततर्फ हरेक विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याचले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो। ११ औँ संस्करण विजेताले ५ लाख र उपविजेता लाई २ लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रसार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको आयोजकले जनाएको छ। सो प्रतियोगितामा ४४ लाख ५० हजार आम्दानी र ४२ लाख २५ हजार रुपैयाँ खर्च भएको विवरण आयोजकले सार्वजनिक पनि गरेको छ ।

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button