बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन जेठ ५ देखि

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेका लागि आह्वान गरिएको छ ।
बागमती प्रदेश सरकारको मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गते सोमबार आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेबाट सुरु गर्नेगरी आह्वान गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्