‘निरङ्कुशता भोग्नुपर्दा मात्र प्रजातन्त्रको महत्व थाहा हुन्छ’
भक्तपुर । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले सङ्घर्ष गरेर प्राप्त राजनीतिक उपलब्धि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

गणेशमान सिंह स्मृति वाटिकाले प्रजातन्त्र सेनानी एवं वाटिकाका अध्यक्ष स्व. माथवरसिंह बस्नेतको ४५ औ दिनको पूण्य तिथिको अवसरमा आज यहाँ आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले देशमा प्रजातन्त्र स्थापनाका लागि जीवनभर सङ्घर्ष गर्नुभएका सपुतहरूको त्यागबाट प्राप्त अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले निरङ्कुशता भोग्नुपर्दा मात्र प्रजातन्त्रको महत्व थाहा हुने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत प्राप्त अधिकारलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
उहाँले सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित गणेशमान वाटिकाको अवस्था निकै नाजुक भएको बताउँदै देशभर गणेशमानको नाममा रहेका यस्ता संरचनाहरूको अवस्था नाजुक हुनु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ माथवरसिंह बस्नेतले देशका लागि गरेको राजनीतिक यात्राको चर्चा गर्दै २०१७ सालमा गुमेको प्रजातन्त्र फर्काउने अभियानका योद्धाको रुपमा कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वाटिकाका सदस्य विदुरमान सिंह बस्नेत, कार्यक्रमकी सभापति अञ्जनादेवी मधिकर्मी लगायतले स्व. बस्नेतको योगदानलाई नेपाली काँग्रेसले भुल्न नहुने बताउनभयो ।







प्रतिक्रिया राख्नुहोस्