तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

बाँके । चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका–६ की मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको हो। खड्का गुलरियामा आफन्तको व्रतबन्धमा सहभागी हुन आएकी थिइन्।

घटनास्थल गुलरिया नगरपालिकाको डम्पिङ साइट नजिक भएकाले फोहोर फाल्न गएका सरसफाइकर्मीले बालिकाको उद्धार गरेका थिए। चितुवाको आक्रमणमा बालिकाको मृत्यु भइसकेको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो।

जिल्लाको गुलरिया र मधुवनमा नौ वर्षीया खड्का र अढाई वर्षीय बालक गरी दुई जनाको चितुवाको आक्रमणमा मृत्यु भइसकेको छ। यस्तै, गुलरिया बालापुर गाउँका दश वर्षीय सृजन चौधरी चितुवाको आक्रमणमा घाइते भएर उपचाररत छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button