तपाईँ सुन्दै हुनुहुन्छः

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र काममा फर्कन सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले आन्दोलनरत शिक्षकहरुका जायज संविधानसम्मत मागहरु सम्बोधन गर्ने सम्बन्धमा बिपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन र नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न र देशभरका बालबालिकालाई पढ्न पाउने हकबाट वञ्चित नगराउन आदेश जारी गर्नु भएकाे हाे ।

त्यस्तै ‘शिक्षक आन्दाेलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) बाेर्डकाे परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाकाे सिर्जना हुन नदिनु’ आदेशमा भनिएकाे छ ।

साथै कक्षा १२ काे वार्षिक परीक्षासमेत नसारी ताेकिएकाे समयमा नै गर्नसमेत आदेश दिएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button