बेगनास तालमा जल उत्पन्न प्रकोपसम्बन्धी नमूना अभ्यास
पोखरा । पोखरा महानगरपालिका–३१, बेगनास तालमा प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धारको नमूना अभ्यास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोग तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी र कास्की पोखराको संयोजनमा सशस्त्र प्रहरी बल नं. २४ गण बाहिनी मुख्यालय कालिका गणको आयोजनामा प्रदेश स्तरीय जल उत्पन्न प्रकोपसम्बन्धी संयुक्त रुपमा उद्धार अभ्यास सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्तरीय ३ दिनसम्म भएका जल उत्पन्न प्रकोप नमूना अध्यासमा पुनर्ताजगी भएको विश्वास लिँदै प्रदेशले विभिन्न प्राकृतिक प्रकोपको सामना गर्नुपरेको बताउनुभयो ।
नम्बर ४ मुक्तिनाथ गण बाहिनीपति कुलबहादुर नेवाङ्गले कृत्रिम अभ्यासले उद्धारमा लाग्न सहज हुने र क्षतिको न्यूनीकरण हुने बताउनुभयो ।

अभ्यासमा प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, रेडक्रस लगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्