मधेस प्रदेशसभाकाे अधिवेशन अन्त्य

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको जारी रहेको चौथो अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गर्नु भएको छ ।
शनिवार बसेको मन्त्रीपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत्र ३० गते मध्य राति १२ बजेपछि अन्त्य गर्नु भएको कानून अधिकृत सुरेन्द्र महतोले सूचना जारी गर्दै जानकारी दिनु भएको हो ।
चौथो अधिवेशनमा २३ वटा बैठक भएको छ भने ३ वटा विधेयक पारित भएको छ । पुस २३ गतेबाट शुरु भएर चैत्र २८ गतेसम्म चलेका थिए । यस अधिवेशनमा ४ वटा विधेयक समितिमा पठाउने काम भएको छ भने १ वटा विधेयक दर्ता भएको मधेश प्रदेश सभाका प्रवक्ता विपिन कुमार ठाकुरले बताउनु भयो ।
मधेश प्रदेश सभामा छलफलको क्रममा १ वटा विधेयक रहेको छ भने १ वटा विधेयक समितिमा फिर्ता पठाएको छ ।
प्रतिक्रिया राख्नुहोस्