तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले आज कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ पत्रकार कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

पत्रकार, लेखक तथा कूटनीतिज्ञ समेत रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । पक्षाघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले आज नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय अवलोकन समेत गर्नुभएको छ ।

यही चैत १५ गते शुक्रबार राजावादी समर्थक प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेको एकीकृत समाजवादीको पार्टी कार्यालयको आज प्रधानमन्त्री ओलीले अवलोकन गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button