तपाईँ सुन्दै हुनुहुन्छः

१७ औँ संस्करणको भीमनारायण गोल्डकप सुरु

धनकुटा । धनकुटामा १७ औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । धनकुटा नगरपालिका–५, स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण प्रतिष्ठाको आयोजनामा प्रतियोगिता सुरु भएको हो । 

उद्घाटन खेलमा सहिद भीमनारायण प्रतिष्ठान र सप्तरीको नमबुद्ध युथ फुटबल क्लबबिच प्रतिस्पर्धा भएको थियो । खेलमा आयोजकलाई १–३ गोलले हराउँदै सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

भोलि हुने खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लब र झापाको बिर्तामोड युनाईटेड क्लबबिच प्रतिस्पर्धा हुने छ ।

२०६३ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १७ औँ संस्करण हो । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उप विजेताले २ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा आयोजक सहिद भीमनारायण प्रतिष्ठान, सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब, काठमाडौँको चित्लाङ फुटबल क्लब, झापाको विर्तामोड युनाईटेड क्लब, सुनसरीको ब्वाइज फुटबल क्लब इटहरी, उदयपुर गाईघाट फुटबल क्लब, काठमाडौँको एपिएफ क्लब र मोरङको बेलबारी फुटबल क्लबको सहभागी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button