राष्ट्रपति पौडेल घोडेजात्रा समारोह २०८१ मा सहभागी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभएको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । सो अवसरमा घोडा दौड, घोडा जम्प लगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।
चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्