प्रधानमन्त्री कप फाइनल: आर्मी र पुलिस भिड्दै
रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज सुरु भएको छ । उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।

सिद्धार्थ रंगशाला जारी खेलमा नेपाल पुलिस क्लबले बलि गर्दै छ । त्रिभुवन आर्मी क्लबले २३ ओभरमा ५ बिकेटको क्षतिमा ७३ रन बनाएको छ ।
सिद्धार्थ क्रिकेट रङ्गशालामा आज बिहान ९ बजेदेखि फाइनल खेल सुरु भएको छ । पुलिसको कप्तानमा दीपेन्द्रसिंह ऐरी तथा आर्मीको कप्तानी विनोद भण्डारीले गर्दै छन् ।
दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।
प्रतिक्रिया राख्नुहोस्