आर्मी, पुलिस, एपीएफ र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट
काठमाडौँ । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश सन् २०२५ को अन्त्यतिर हुने जय ट्रफी एलिट कपका लागि छनोट भएका छन् ।
जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा पर्दै उनीहरू जय ट्रफीका लागि छनोट भएका हुन् । आर्मी र पुलिसले पीएम कपको उपाधिका लागि फाइनल खेल्ने छन् ।
गत वर्ष एपीएफ पीएम कपको शीर्ष चारमा पर्न नसक्दा जय ट्रफीलाई छनोट भएको थिएन । मधेशले शीर्ष चारमा पर्दै जय ट्रफी खेलेको थियो ।
गत माघमा भएको जय ट्रफीको फाइनलमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्