सरकार समस्यालाई चिरेर अघि बढ्छ : गृहमन्त्री लेखक

रुपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले समस्यालाई चिरेर अगाडि बढ्ने बताउनुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले रुपन्देही जिल्लाको भैरहवामा आयोजना गरेको लुम्बिनी सामर्थ्य कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री लेखकले सरकार भएका साना तिना समस्यालाई समाधान गर्ने गरि अघि बढेको बताउनुभयो ।
पटक–पटक सरकार २र३ महिनामा प्रधानमन्त्रीले विश्वास र अविश्वासका विषय व्यहोर्नुपर्ने र सरकार अस्थिर भइराख्नुपर्ने स्थितिबाट सरकारलाई स्थिर गर्दै अगाडि बढौँ भन्ने मुख्य उद्देश्यका साथ अहिलेको गठबन्धनको सरकार गठन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले सबै कुरा बेठिक मात्र गरेको छ ठिक केही पनि गरेको छैन भन्दा पनि ठिक ठाउँमा नपुगेला जस्तो लाग्छ । सरकारले सबै कुरा गज्जब गरिसकेको छ अब गर्न बाँकी रहेन भन्ने कुरा ठिक हो जस्तो लाग्दैन । त्यस कारण सरकारले गरेका केही राम्रा कामका बारेमा चर्चा गर्न जरुरी छ ।
चार पिलरबाट सङ्घीयता अडिएको बताउँदै गृहमन्त्री लेखकले सङ्घीयताको रक्षाका लागि तीन तहका सरकार, व्यवसायी र आम नागरिकको साथ आवश्यक रहेको बताउनुभयो । विशेष परिस्थितिमा बनेको सरकारले नागरिकका समस्या समाधान गर्न दत्तचित्त भएर लागिरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्