तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नरैनापुरमा आगलागी, १७  घरगोठ जलेर नष्ट

बाँके । बाँकेको नरैनापुरमा भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । 

नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा आज मङ्गलवार दिउसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरभन्दा धेरै घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्द जानकारी दिनुभयो ।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए । खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताउनुभयो । आगलागीका कारण २५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटना स्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ ।

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button