तपाईँ सुन्दै हुनुहुन्छः

पिएम कप क्रिकेट : वाग्मती प्रदेश १३१ रनले विजयी 

दाङ । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलीरहेका बेला कोशी प्रदेशले थप दुई रन जोड्दा लगातार पाँच विकेट गुमाएपछि वाग्मती प्रदेशले १३१ रनको जीत हासिल गरेको छ ।

दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा वाग्मती प्रदेशले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश २५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा अलआउट भयो । सूर्य तामाङले कोशीका पाँच खेलाडीलाई पेभेलियन फर्काएपछि वाग्मतीले १३१ रनको सहज जीत निकालेको हो ।

यसअघि, वाग्मती प्रदेशले टस जितेर पहिले ब्याटिङ २४० रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वाग्मती प्रदेशले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । 

वाग्मती प्रदेश सात खेलबाट ३ खेलमा जीत निकाल्दै ६ अङ्कका साथ अङ्क तालिकाको छैटौँ नम्बरमा उक्लिएको छ । ७ खेलमा एउटा मात्र जीत निकालेको कोशी प्रदेश अङ्क तालिकाको पुछारमा झरेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा

३ विभागीय टिम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता भइरहेको छ । राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button