‘कर्मा’ : एक्सन, ड्रामा र सस्पेन्सको संगम

काठमाडौँ । चलचित्र ‘कर्मा’का कलाकारहरूले नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् ।
“यो आइरहेका चलचित्रभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका चलचित्रभन्दा फरक छ,” मुकुन भुसाल भन्नुहुन्छ, “निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ ।”
हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको भनाइ छ ।
स्टोरी, मेकिङ र न्यारेसन नै फरक हुँदा चलचित्र आइरहेका रेगुलर भन्दा फरक रहेको उहाँको भनाइ छ ।
विपीन कार्कीले आफूलाई एक्सन जनरामा पनि तयारी गरेर काम गरेको मुकुनले बताउनुभयो ।
कलाकार दिव्यदेबले अहिलेसम्म हरेक क्यारेक्टरमा विपिनले मेहनत गरेको बताउनुभयो । “हरेक सिनेमामा उहाँले फरक फरक क्यारेक्टरमा आफूलाई प्रमाणित गर्नुभएको छ । यसमा पनि मेहनतले काम गर्नुभएको छ,” ।
सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गर्नुभयो । “उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,” वहाँले भन्नुभयो, “चलचित्रमा क्यारेक्टर पनि त्यस्तै छ । ”आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको रोलमा काम गरे पनि ‘कर्मा’मा भने फरक खालको चरित्र रहेको बताउनुभयो ।
निर्देशक सौरभ चौधरीले जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने बताउनुभयो । “कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” उनी भन्नुहुन्छ, “यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।”
कसैले मसँग नराम्रो गर्यो भने उसलाई मैले नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्ने उहाँको भनाइ छ ।
नायिका उपासना सिंह ठकुरीले आफूलाई ‘कर्मा’प्रति सधैँ विश्वास रहेको बताउनुभयो ।
एक्सन गर्ने नायकको अपोजिटमा रहे पनि आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको स्पष्ट पार्दै एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको बताउनुभयो ।
चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको पनि अभिनय रहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेख्नुभएको हाे ।
‘कर्मा’काे अन्तर्राष्ट्रिय प्रदर्शन बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्