प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृत्तान्त लोकार्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृत्तान्त ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण गर्नुभएको छ ।
मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति निष्ठापूर्वक लागेका व्यक्ति भएकाले उहाँको कृति नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार उप्रेती आफ्नो पुर्ख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो ।
उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्