जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा बर्दिबासमा शुरु

जनकपुरधाम । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा महोत्तरी जिल्लाको बर्दिबासमा शुरु भएको छ । पार्टी अध्यक्ष सिके राउतको अध्यक्षतामा भइरहेको बैठकमा पाँच एजेन्डामा छलफल शुरु भएको छ ।
बैठकमा पेस भएको एजेण्डाहरु माथि छलफल जारी नै रहेको पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनु भएको हो ।
सङ्गठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, सङ्घीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डाहरू माथि छलफल जारी रहेको छ ।
बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने भएको छ । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सहित मन्त्रीहरू पनि सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्