सिन्धु कानुन समाजको पहिलो साधारण सभा सम्पन्न, अध्यक्षमा नेपाल

काठमाडौँ । सिन्धु कानुन समाजको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज नेपाल बार एशोसियसनको हलमा समाजका अध्यक्ष अधिवक्ता रामहरि नेपालको अध्यक्षता तथा नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष नेपालले समाजको आर्थिक वर्ष २०८०।०८१ को प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

साधारण सभाले अधिवक्ता रामहरि नेपालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलराज जोशी, बाग्मती प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता अधिवक्ता ज्ञानेन्द्र नेपाल, नेपाल बार काउन्सिलका सदस्य सचिव श्रीराम पौडेलसहित करिब एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
सिन्धुपाल्चोक जिल्लामा जन्मेर कानुन, न्याय, सरकारी वकिल र कानुनी क्षेत्रमा अनुसन्धान, अन्वेषण तथा शिक्षण क्षेत्रमा काम गर्ने व्यक्तिलाई समेटेर समाजको स्थापना भएको बाग्मती प्रदेशका पूर्व मूख्यन्यायाधीवक्ता ज्ञानेन्द्र नेपालले बताउनु भयो ।
साथै समाजले आफ्नो उद्देश्य अनुसार जिल्लामा मात्र नभएर देशैभरि कानुनी सचेतना र अनुसन्धानलगायत क्षेत्रमा काम गर्ने नेपालले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्