तपाईँ सुन्दै हुनुहुन्छः

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

वीरगंज । बाराको बधबनस्थित सडकखण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बारा जिल्ला कलैया उपमहानगरपालिका बडा नम्बर १४ बघवन स्थित सडकखण्डमा बरियारपुरबाट कलैया तर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ७३६७ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक रौतहट जिल्ला बिजनपुर लक्ष्मिनिया नगरपालिका वडा नं. ५ बरगिनिया बस्ने ३५ वर्षीय अनिल प्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते यादवलाई उपचारकालागी प्रादेशिक अस्पताल कलैया बारामा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेका थिए । 

मृतकको शव  पोष्टमार्टमका लागी सोही अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button