तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश 

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर रङ्गशालामा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज भएको खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफको १६औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ९ का खेलाडी मनिष सेढाईले एक गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै पहिलो हाफको २६ औँ मिनेटमा बाग्मती युवा क्लब सर्लाहीका जर्सी नम्बर ४ का खेलाडी भूपाल मगरले एक गोल गरी खेललाई बराबरीमा पुर्‍याएका थिए । 

दोस्रो हाफको ७७ औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ११ का खेलाडी उज्ज्वल राईले थप १ गोल गरेपछि नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गर्‍यो । 

आजको खेलको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका गोलकिपर रामचन्द्र बाजी घोषित भएका छन् । 

भोलिको खेल मछेन्द्र फुटबल क्लब, काठमाडौँ र एपिई पावर चर्च ब्वाईज युनाईटेड, काठमाडौँबिच हुने आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button