तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्यार्थीहरूलाई सृजनशील बनाउन सके कुलतमा फस्नबाट जोगाउन सकिन्छ’

जनकपुरधाम । विद्यार्थीहरूको सृजनशीलताको विकासका लागि  जनकपुरधामको ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयमा आज विज्ञान प्रदर्शनी मेलाको आयोजना गरिएको छ । 

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले भाग लिएको विज्ञान प्रदर्शनीमा विद्यार्थी भित्र रहेको सीपहरू प्रस्फुटन गराएर उनीहरूको व्यवहारिक जीवनमा सार्थक बनाउनका लागि विज्ञान प्रदर्शनीको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक एवं विज्ञान विषयका शिक्षक संजय कुमार झाले जानकारी दिनुभयो । 

विज्ञान प्रदर्शनीको उद्घाटन गर्दे मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरूले तयार पारेका विषयहरूबाट उनीहरूको ज्ञान र सृजनशीलताको मापन भएको बताउँदै यसलाई कालान्तरमा व्यवहारिक जीवनमा रूपान्तरण गर्नका लागि सुझाव दिनुभयो । उहाँले यस्ता प्रकारका विज्ञान प्रदर्शनीले युवाहरूलाई गलत बाटोमा जानबाट रोक्न सकिने बताउनुभयो । 

विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले आत्मरक्षाका लागि सिकेका मार्शल आर्टका प्रदर्शन पनि गरेका थिए भने हाईजेनिक खानाका परिकारहरू तयार गरी बिक्री गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button