मधेशको शैक्षिक अवस्था माथि उकास्न तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्छ : मन्त्री गुप्ता

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ताले शैक्षिक क्षेत्रमा अत्यन्तै कमजोर मधेश प्रदेशको शैक्षिक अवस्था माथि उकास्न तिन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
मधेश विश्वविद्यालयको स्थलगत निरीक्षण पछि आज आयोजित कार्यक्रमलाईई सम्बोधन गर्दै मन्त्री गुप्ताले देश र जनतालाई समृद्ध बनाउँदै देशमा अमूल परिवर्तन ल्याउने चुनौती अहिलेको सरकार सामु रहेको बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मधेश विश्वविद्यालयको लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

स्थलगत निरीक्षणमा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको समेत सहभागिता रहेको थियो ।
निरीक्षणको क्रममा विश्वविद्यालयका हाल सम्मको प्रगति, भावी योजना र विश्वविद्यालयले प्राप्त गर्न लागेको बहुदरमाई नगरपालिका वडा नं २ को जग्गा सम्बन्धी विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य र रजिष्ट्रार विजय कुमार यादवले जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्