तपाईँ सुन्दै हुनुहुन्छः

इलामको चिया प्रशोधन उद्योगमा आगलागी, करोडौँको क्षति

इलाम । इलाम नगरपालिका–४ मा जस्बिरेमा रहेको ’ चिया प्रशोधन उद्योग’ आगलागी भएर पुर्णरुपमा नष्ट भएको छ।

गएराति लागेको आगोले उद्योगका सबै मेसिन, अर्गानिक अर्थोडक्स तयारी चिया, उद्योगको अन्य सामानलगायत सबै जलेका छ । आगोले करोडौँ लगानीको उद्योग पूर्ण रूपमा जलेको छ।

उद्योगमा एक्कासि आगो लागेको र नियन्त्रण प्रयासको लागी  स्थानीयले नियन्त्रणमा लिन प्रयास भएको र इलाम नगरपालिकाबाट वारुणयन्त्र समयमै पुगे पनि त्यहाँ रहेको चिया ,प्लाई लगायत अन्य सामाग्रीहरू पनि जल्ने प्रकृतिको भएको कारण पूर्ण रुपमा क्षति हुन पुगेको प्रत्यक्षदर्शीले बताउनुभयो ।

उद्योगमा करिब ७-८ करोडको क्षति भएको अनुमान छ । पूर्ण रुपमा क्षतिको विवरण आउन बाँकी रहेको इलाम जिल्ला प्रहरी निरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो 

यो चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि नेपालका चिया उत्पादन उद्योगहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए।

उद्योगमा सुनकेसरी, रेडपान्डा, कोठी डाँडा ब्युटी लगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको थियो।

स्पेसल टी’मात्रै उत्पादन हुनेभएकोले यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुनेगरेको थियो ।

उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button