अछाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मङ्गलसेनलाई
अछाम । अछाममा जारी १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मङ्गलसेन नगरपालिकाले उचालेको छ ।

जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा मङ्गलसेन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ३ कांस्य प्राप्त गरेर पहिलो भएको खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काले बताउनुभयो । यस्तै ५ स्वर्ण, ६ रजत, ५ कास्य प्राप्त गर्दै पञ्चदेवल विनायक नगरपालिका दोस्रो र ४ स्वर्ण, ५ रजत, ४ कांस्य प्राप्त गर्दै साँफेबगर नगरपालिका तेस्रो भएको छ ।
प्रतियोगितामा रामारोशन गाउँपालिकाले ३ स्वर्ण, ५ रजत, ३ कास्य , तुर्माखाँदले २ स्वर्ण, ३ कास्य , मेल्लेखले २ स्वर्ण, २ रजत, १ कास्य , कमलबजार नगरपालिकाले २ स्वर्ण, १ रजत, ५ कास्य , चौरपाटी गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कांस्य प्राप्त गरेका छन् । प्रतियोगितामा बान्नीगढी जयगढ गाउँपालिका र ढकारी गाउँपालिका भने स्वर्णविहीन भएका छन् । यी दुई स्थानीय तहले एक एक कास्य मात्रै प्राप्त गरेका छन् ।
फागुन २३ , २४ , २५ गते धनगढीमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि पनि खेलाडी छनोट गरेर घोषणा गरिएको अध्यक्ष खड्काले बताउनुभयो । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्