तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको विचार गरियोस् प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 

गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नु भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल पछि प्रस्ताव स्वीकृत भएको हो । 

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ । सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्ने छन् ।

यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सुरक्षा परिषद्को छैँठाैँ वार्षिक प्रतिवेदन २०७९/०८० र सातौँ वार्षिक प्रतिवेद २०८०/०८१ पेश गर्नुभयो ।

सभामा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।

बैठकमा नेपाल प्रहरी विधेयक २०८१ माथिको विचार गरियोस् प्रस्तावमाथि सामान्य छलफल भइरहेको छ ।  बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button