तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

इलाम । इलाम जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु हुँदै छ । माई नगरपालिकाको शितली खेलमैदानमा जिल्लाका १० पालिकाका नौ सय हाराहारी खेलाडीले विभिन्न ६ बिदाका खेलमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता शुरु हुन लागेको हो ।

जिल्ला खेलकुद बिकास समिति इलाको आयोजना र व्यवस्थापक माइ नगरपालिकाको व्यवस्थापनमा हुने प्रतियोगितामा १० पालिकाका ८९५ विद्यार्थी , १० जनाका दरले १० पालिकाका १०० जना प्रशिक्षक, रेफ्री, अफिसियल गरी एक हजार ५०० बढीको सहभागिता रहने छ । प्रतियोगितामा ६ वटा विधा लागि भलिबल, कवाडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन सबै पालिकाका खेलाडी शितली आइपुगेका छन् । खेलाडीको बसोबासको व्यवस्थापन माई नगरपालिकाले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई माइ नगरपालिकाले १३ लाख रुपैयाँ सहयोग गरेको छ ।

माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले ग्रामीण खेलकुदको जग भएकाले प्रतियोगिता पालिकामा सञ्चालन गरिएको जानकारी दिनु भयो । समितिले जिल्ला सदरमुकाममा हुँदै आएको प्रतियोगितालाई ग्रामीण खेलकुदको बिकास गर्ने उद्देश्यले बिगत तीन बर्ष देखि पालिका स्तरमा सञ्चालन गर्दै आएको छ । 

जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईका अनुसार आगामी बर्ष सूर्योदय नगरपालिकाले प्रतियोगिता सञ्चालन गर्ने गरी आजै झण्डा हस्तान्तरण गरिँदै छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री राम राना मगरले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button