आजकाे प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीले भ्रष्टाचार निवारण विधेयक प्रस्तुत गर्नुहुने
काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्री ओलीले यसैबीच भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूचीहरू रहेको संसद् सचिवालयले कार्यसूची प्रकाशित गरी जानकारी दिएको छ।







प्रतिक्रिया राख्नुहोस्