तपाईँ सुन्दै हुनुहुन्छः

महालक्ष्मी कपको उपाधि गला इन्टरनेशनललाई 

धनकुटा । ग्लोबल युवा क्लबलाई हराउँदै गला इन्टरनेशनलले वसन्त पञ्चमीको अवसरमा धनकुटाको जीतपुरमा आयोजना खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । 

सोमबार धनकुटाको महालक्ष्मीमा भएको फाइनल खेलमा गलाले ग्लोबललाई ३–२ सेटले हराउँदै उपाधि उचालेको हो । विजेता टोलीले उपाधि सहित दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ हात पारेको छ । त्यस्तै उपविजेता टोलिले एक लाख एक एघार हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ । श्रीपञ्चमीको अवसरमा महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ गतेबाट सुरु भएको सो प्रतियोगितामा देशका विभिन्न नौ क्लबको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष नरेन तुम्साले जानकारी दिनुभयो । 

प्रतियोगिता महालक्ष्मी नगरपालिका र जिल्ला भलिबल सङ्घलगायत विभिन्न संघसस्थाले सहयोग गरेका थिए। प्रतियोगितामा पुरस्कार वितरण गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले नगरपालिकाको मात्र नभई जिल्लाकै भलिबल तर्फको खेलकुद गतिविधि बढाउन तथा स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगिताको सहयोगी बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button