बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सव मनाइयो
मकवानपुर । बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सव शुक्रबार (आज) मनाइएको छ ।
मुलुकको संघीय संरचना अन्तर्गत बागमती प्रदेश सभाको पहिलो अधिवेशन सुरु भएको मिति माघ १८ को अवसर पारेर प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता एवम् प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाले यथेष्ट कार्यसूची पाउनुपर्ने र जनसरोकारका विषयहरू प्रदेश सभामा गुन्जिनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको दोस्रो कार्यकालले पुराना अनुभवबाट पाठ सिकी अग्रगमनको दिशामा बढ्न यथेष्ट सिकाइ प्रदान गरेको तर, अझै पनि प्रदेशले सङ्घसँग काम, कर्तव्य र अधिकार लगायतका विषयमा गुनासो गरेको भन्दै गुनासो अनि यो र त्यो कुराको बहानाबाजी गर्ने छुट नरहेको बताउनुभयो । उहाँले प्रदेश संरचनाको बारेमा टीकाटिप्पणी भइरहँदा शब्दले जवाफ दिनुभन्दा सटिक कार्यसम्पादन मार्फत् प्रदेश सभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्