तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ पानीको चमत्कारिक पुनरागमन: बाह्र वर्षमा फेरी पलायो पानी

 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-५ सिपा धुसेनीमा अवस्थित नयाँ पानीमा पानी पलाएको छ ।

प्रत्येक बाह्र बाह्र वर्षको अन्तरालमा चमत्कारिक ढङ्गले हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिला यसवर्ष दोहोरिएको हो ।

अघिल्लो वर्ष नै पलाउन पर्ने पानी नपलाएपछि नयाँ पानी संरक्षण समितिले क्षमा पूजा आयोजना गरेको थियो । क्षमा पूजापछि नयाँ पानी क्षेत्रमा बुधवार पानीको चमत्कारिक पुनरागमन भएको हो ।

’पानी गत वर्ष पलाउनु पर्ने हो । पानी नपलाएपछि हामीले क्षमा पूजा गर्यौ । त्यसलगत्तै माघ महिनामै पानी पलायो’,इन्द्रावती-५ का वडाध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो ।

योसँगै स्थानीय जनता हर्षित भएका छन् । त्यहाँको जलले विभिन्न रोगहरू नष्ट गर्ने स्थानीय बताउँछन् । नयाँ पानीमा प्रत्येक बाह्र बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button