तपाईँ सुन्दै हुनुहुन्छः

माघमै फुले लालीगुराँस

बाजुरा । माघ महिनामै  गुराँस फुलेको सुन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर बाजुराका उच्च लेकाली क्षेत्रमा  यो वर्ष माघ महिनाको पहिलो हप्तादेखि नै लालीगुराँस फुल्न थालेको छ । विगतका वर्षमा फागुनको अन्तिम सम्म मात्रै फुल्ने लालीगुराँस बाजुराको हिमाली,खप्तड छेडेदह,जगन्नाथ,र गौमुल गाउँपालिका तथा बडिमालिका,बुढिनन्दा र त्रिवेणिका नगरपालिकाका उच्च लेकाली भेगमा माघमै गुराँस फुल्न  सुरु भएको हो ।

विगतका वर्षदेखि नै यो क्षेत्रमा कुनै वर्ष फागुन र कुनै बर्ष चैतमा मात्र गुराँस फुल्ने गरेको थियो।  तर यो वर्ष भने माघको पहिलो हप्तादेखि नै गुराँस फुल्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष करिब चैत सम्म  पनि नफुलेको गुराँस यी क्षेत्रहरूमा यो वर्ष भने माघमै गुराँस फुलेको  हो ।

यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ? बडिमालिका नगरपालिका- ५ का डम्म साउदले भन्नुभयो । केही वर्षअघिसम्म गुराँस फागुन पछि मात्र फुल्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि फुल्दा आफूहरू अचम्मित भएको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानिले बताउनुभयो ।

 कार्यालय प्रमुख सहानिका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै गुराँस फुलेको हो । ‘यो वर्ष १० डिग्रीभन्दा कम तापक्रम नै भएन यसको प्रभावले पनि छिटै लालीगुराँस फुलेको उहाँले बताउनुभयो । 

बिरुवामा हर्मोनल प्रभावले समयभन्दा ढिलो र छिटो फुल फुल्ने फल पाक्ने  गरेको जानकारहरूको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button