तपाईँ सुन्दै हुनुहुन्छः

आज तीन संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने तयारी छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ।

त्यसैगरी, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ, जहाँ तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल हुने छ।

बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा छलफल हुनेछ।

तीनवटै बैठकमा महत्त्वपूर्ण विधेयक र नीतिगत निर्णयहरूमा छलफल हुने र संसदको आगामी कार्यसम्पादनमा प्रभाव पार्ने आशा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button